शनिबार, असार २७, २०७७
www.samsararemit.com

पानी जहाज-रेलमार्ग-ग्यासको पाइप पुर्याउने कुरा कहाँ पुग्योः प्रवक्ता शर्मा

प्रमुख प्रतिपक्ष कांग्रेसले सरकास गठन भएको  ६ महिनाको समीक्षा गर्दै ७ बुँदा सरकार चुकेको ठहर गरेको छ । राष्ट्रियता, लोकतन्त्र, संघीयता, सुशासन, मुल्यवृद्धि, समृद्धि यात्रा र न्यायालयमा सरकार चुकेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलनका क्रममा जनाए ।

न्यायालयमा प्रधानमन्त्रीको दोहोरो चरित्र देखिएको ठहर गर्दै कार्यपालिका र व्यवस्थापिकाको लाचार छाँया बनाउने षडयन्त्र भएको कांग्रेसको ठहर छ ।

पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले साउन १५ गते कांग्रेसको देश ब्यापी प्रदर्शनले सरकारले प्रतिपक्षको शक्ति देखेको बताए । तर पनि प्रधानमन्त्रीको विकल्प नखोजेको उनको प्रस्ट पारे । उनले सरकारले नविन ढंगको काम गर्न नसकेको बताए ।

“कहाँ गयो रेलमार्गको कुरा ? चुलोमा ग्यासको पाइप पुर्याउने कुरा कहाँ पुग्यो ?,” उनको प्रश्न गरे ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया