सोमबार, जेष्ठ ६, २०७६
www.samsararemit.com

प्रधानमन्त्री ओली गृहजिल्ला झापामा

प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा आएका छन् । प्रधानमन्त्री बनेपछि उनी दोस्रोपटक यहाँ आएका हुन् । उनको आज कमल गाउँपालिका र गौरादहमा नागरिक अभिनन्दन गरिने कार्यक्रम रहेको गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार साहले बताए ।

प्रधानमन्त्री ओलीले कमल गाउँपालिका–७ मा ५० शैय्याको आयुर्वेद चिकित्सालय भवनको शिलान्यास गर्नेछन् । उनले आजै गौरादहमा क्षेत्र नं ५ को क्षेत्रीय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने तथा अगुवा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

प्रधानमन्त्री ओली आज अपराह्न काठमाडौँ फर्कने कार्यक्रम छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया