आईतबार, मंसिर २२, २०७६
www.samsararemit.com

कृष्ण जन्माष्टमी पर्व मनाइँदै: प्रदेश-२ मा सार्वजनिक बिदा

भाद्र कृष्ण अष्टमीका दिन मनाइने कृष्ण जन्माष्टमी पर्व आज भगवान श्रीकृष्णको आराधना गरी मनाइँदै छ ।

भगवान श्रीकृष्णको जन्म भएको दिनको सम्झनामा आज देशभरका कृष्ण मन्दिरहरुमा पूजा आराधना गरेर कृष्ण जन्माअष्टमी मनाइँदै छ । यसै अवसरमा ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा बिहानैदेखि श्रद्धालुहरुको घुइँचो लागेको छ । कृष्णको पादुका राखी पूजाको व्यवस्था मिलाइएकामा श्रद्धालुहरुले बिहानैदेखि लाइन लागेर पूजाआजा गरिरहेका छन् ।

भगवान कृष्णको श्रद्धापूर्वक पूजा आराधना गर्नाले मनले चिताएको पूरा हुने धार्मिक विश्वास छ । मन्दिर जान नसकेका श्रद्धालुहरुले व्रत बसी घरघरमा नै कृष्णको पादुका खडा गरेर पूजाआजा गरेका छन् । श्रद्धालुहरुले कृष्ण मन्दिर तथा आ–आफ्ना टोलटोलमा भजनकिर्तन गरेर कृष्णको महिमा गाउने क्रमसमेत जारी छ ।

भगवान कृष्णले आफ्नै मामा कंशको बध गरेर अत्याचार र अन्याय गर्नेहरुको जित हुँदैन भन्ने देखाएका कारण हिन्दु धर्मावलम्बीहरुले कृष्ण जन्मिएको दिनलाई महत्वपूर्ण पर्वका रुपमा मनाउँदै आएका छन् ।

कृष्ण जन्मिएको अवसरमा आज मध्यरातमा कृष्णलिलासमेत देखाइने परम्परा छ ।

कृष्णजन्माष्टमीकै अवसरमा प्रदेश २ सरकारले सार्वजनिक बिदा दिएको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया