बिहीबार, कार्तिक २८, २०७६
www.samsararemit.com

मन्त्रिमण्डल हेरफेरको कुनै सम्भावना छैन: गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले तत्कालै मन्त्रिमण्डल हेरफेरको कुनै सम्भावना नरहेको बताएका छन्नुर । २० औं वासु स्मृति दिवसमा सहभागी हुन शिनबार गोरखा पुगेका गृहमन्त्री थापाले सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा मन्त्रिमण्डल हेरफेरको कुरा सत्य नभएको बताएका हुन् ।

बाहिर चर्चामा आएजस्तो मन्त्रिपरिषद्मा परिवर्तन गर्ने विषयमा कुनै छलफल नै भएको छैन, गृहमन्त्री थापाले भने, “यस विषयमा बाहिर आएका सबै कुरा गलत हुन् ।”

सरकारले छ महिनामा थुप्रै उल्लेख्य काम गरेको दाबी गर्दै गृहमन्त्री थापाले सरकारको कामलाई अझ गति र व्यवस्थित गर्नुपर्ने आवश्यकता औँल्याए । उनले यातायातका क्षेत्रमा रहेको एकाधिकारको अन्त्य, भ्रष्टाचार न्यूनीकरणमा विशेष पहल, तस्कर नियन्त्रणलगायतका क्षेत्रमा सरकारले विशेष काम गरेको भन्दै अझै धेरै गर्न बाँकी रहेको बताए ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया