मंगलबार, जेष्ठ १३, २०७७
www.samsararemit.com

भारतमा बस दुर्घटना: ७ बालबालिकासहित ४५ जनाको मृत्यु

भारतको तेलंगना राज्यस्थित जगतियाल जिल्लामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ ।

यात्रुले खचाखच भरिएको राज्य सञ्चालित एउटा बस गहिरो खोचमा खस्दा सो दुर्घटना भएको हो । मृत्यु हुनेमा ७ बालबालिका छन् । उक्त बसमा ५० भन्दा बढी यात्रु सवार रहेको पनि प्रहरीले जनाएको छ ।

मृत्यु भएकामा अधिकांश महिला छन् । घाइतेहरुलाई उद्धार गरी स्थानीय जगतियालको अस्पतालमा भर्ना गरिएको छ ।

बस कोन्डागाटु अन्जनेया स्वामी मन्दिरबाट तीर्थयात्रु लिएर फर्कंदै थियो ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया