शनिबार, चैत्र ९, २०७५
www.samsararemit.com

माछापुच्छ्रे बैंक र नेसनल बैंकिङ इन्स्च्युटबीच सम्झौता

माछापुच्छ्रे बैंक र नेसनल बैंकिङ इन्स्च्युट (एनबीआई) बीच आगामी एक वर्षको लागि विस्तृत तालिम कार्यक्रम सञ्चालन गर्ने सम्बन्धि सम्झौता भएको छ ।

सो सम्झौताअनुसार एनबीआईले माछापुच्छ्रे बैंकका कर्मचारीको कार्यक्षमता तथा दक्षता विकासका लागि विभिन्न तालिम उपलब्ध गराउनेछ ।

सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र एनबीआईका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्जिब सुब्बाले हस्ताक्षर गरे । बैंकमा हाल करिब ९ सय ९५ कर्मचारी रहेका छन् ।

बैंकले देशभर ८६ वटा शाखा, २ वटा एक्स्टेन्सन काउन्टरलगायत २९ शाखारहित बैकिङबाट सेवा प्रदान गर्दै आएको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया