शनिबार, चैत्र १५, २०७६
www.samsararemit.com

अवैध कपडा र पटाका बरामद

भारतबाट अवैध रूपमा लुकाइछिपार्इ ल्याएको २ लाख मूल्य बराबरको विभिन्न लत्ताकपडा र पटाका शनिबार महोत्तरी प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार महोत्तरी प्रहरीले चाडपर्वलाई लक्षित गरी भन्सार नाका कडाइ गरिरहेको बेला अवैधरूपमा भारतबाट नेपाल ल्याइएका २ लाख मूल्य बराबरको कपडा र पटाका बरामद गरिएको हो ।

उनले जिल्लाको एकडारा गाउँपालिका, सोनमा गाउँपालिका र जलेश्वर नगरपालिकाका भन्सार नाकाबाट अवैध रूपमा लुकाइछिपार्इ भारतबाट नेपाल भित्र्याइएका साडी, कुर्ता सुरुवाल, पेटिकोट, पाइन्टलगायतका कपडा र पटाका बरामद गरिएको बताए ।

बरामद कपडा जिल्ला भन्सार कार्यालय महोत्तरीमा बुझाउने तथा पटाकाहरू नष्ट गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया