बिहीबार, श्रावण २, २०७६
www.samsararemit.com

अष्ट्रेलियाको सीड्नीमा साम्राज्ञीकाे क्रेज़

चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ ले प्रवासमा पनि आफ्नो राम्रो छाप छाड्न सफल भएको छ । अष्ट्रेलियाबाट आफ्नो अन्तर्राष्ट्रिय प्रदर्शन शुरू गरेको यो चलचित्रले विशेष गरेर सिड्नीमा अपार दर्शकहरूको माया पायो ।

सिड्नीको पारामाटामा रहेको इभेन्ट सिनेमामा चलचित्रसँगै नायक धिरज मगर र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई भेट्न पाउने कारणले पनि चलचित्र हेर्न दर्शकहरू ओइरिएका थिए ।

चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ लाई अष्ट्रेलिया भित्र्याएको एजुकेशन एण्ड माइग्रेसन कर्नरका प्रमुख सुनिल उप्रेतीले चलचित्रलाई अपार माया गरिदिएकोमा दर्शकलाई धन्यवाद दिए ।

योभन्दा अगाडि अष्ट्रेलियाको एडिलेटमा चलचित्रको प्रदर्शन सफलताका साथ सम्पन्न भइसकेको छ भने अब मेलबर्न, तासमानीया र क्यानबेरामा शो हुँदैछ ।

यतिबेला युवा पुस्तामाझ राम्रो सफलता हात पारेको यो चलचित्रको विषय बस्तु र कलाकारहरूको कामको सिड्नीमा रहेका दर्शकहरूले खुलेर प्रशंसा गरेका छन् ।

सिड्नीमा एउटै हलमा तीन सयभन्दा बढी दर्शकहरूले उक्त चलचित्र हेरेका थिए । ‘अष्ट्रेलियामा रहेका दर्शकहरूलाई राम्रो चलचित्र पस्कन पाएकोमा हामी खुशी छौँ, आगामी दिनहरूमा पनि यस्तै राम्रा चलचित्रहरू प्रदर्शन गर्ने बाचा गर्दछौँ,’ आयोजक सुनिल उप्रेतीले भने ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया