बुधबार, श्रावण २१, २०७७
www.samsararemit.com

नेकपा सचिवालय बैठक शुरु

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको बैठकमा पार्टीका तल्लो तहको एकता प्रक्रियालाई टुंगाउने विषयमा छलफल हुने बताइएको छ ।

जिल्ला तहको नेतृत्व चयन गर्ने क्रममा बनाइएको मापदण्ड उल्लघन गरिएको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल ले आपत्ति जनाउँदै आएका छन् ।

असहमति सहित लिखित प्रस्ताव महासचिव विष्णु पौडेललाई नेता नेपालले पेस गरेका छन् । नेपालको असन्तुष्टि सम्बोधन हुनेगरी बैठकमा महासचिवले नयाँ मापदण्ड पेस गर्ने बताइएको छ ।

जिल्ला नेतृत्व चयनको लागि नयाँ मापदण्ड, जिल्ला तथा प्रदेश कमिटीको पूर्णता का विषयमा पनि बैठकमा छलफल हुने जनाइएको छ ।

बैठकका थप एजेन्डामा विभाग गठन, जनवर्गीय संगठनहरुले एकता तथा पोलिटब्युरो रहने नाम र सङ्ख्या पनि रहेको छ ।

१२ र १३ गतेको लागि डाकिएको स्थायी समिति बैठकमा पेस हुने एजेन्डाहरु सचिवालयले बैठकले तय गर्नेछ ।

बैठकमा सचिवालयका दुई सदस्य अनुस्पथित रहेका छन् । प्रवक्ता नारायण काजी श्रेष्ठ र रक्षामन्त्री ईश्वर पोखरेल चीन भ्रमणमा रहेकोले सात जनाको बैठक बसेको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया