शनिबार, माघ ४, २०७६
www.samsararemit.com

नेकपा सचिवालय बैठक: प्रदेश कमिटी सदस्य चयनको जिम्मा थापा र पौडेललाई

नेपाल कम्युनिष्ट पार्टी (ने क पा) ले प्रदेश कमिटीलाई पूर्णता दिन र जिल्ला तहको विवाद मिलाउन नयाँ विधि र मापदण्ड बनाउने निर्णय गरेको छ । सचिवालयको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए ।

नयाँ विधि र मापदण्डको मस्यौदा तयार पार्ने जिम्मा महासचिव पौडेल र रामबहादुर थापा बादललाई दिइएको छ ।

यसअघि तल्लो तहमा एकता प्रक्रियामा देखिएको विवाद हल गर्न वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ विधि र मापदण्डको माग गरेका थिए । आजको बैठकमा सरकारको कामको समीक्षा गर्ने बताइएको भए पनि समीक्षा भने नभएको महासचिव पौडेलले जानकारी दिए ।

बैठकले प्रदेश कमिटीका सदस्यहरु चयन गर्न र केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्न दुई सदस्यीय कार्यदल गठन गरेको छ ।

सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेल रहेको उक्त कार्यदलले प्रदेश कमिटीमा रहने सदस्यहरु चयन गर्ने र त्यसलाई सचिवालय बैठकमा पेश गर्नेछ ।

बैठकपछि महासचिव पौडेलले भने प्रदेश कमिटीका सदस्यहरु निश्चित मापदण्डका आधारमा चयन गर्ने र त्यसलाई सचिवालय बैठकले टुंगो लगाउने गरी सचिवालय सदस्य रामबहादुर थापा र मलाई जिम्मेवारी दिइएको छ ।’

नेकपाले प्रदेश कमिटीका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव यसअघि नै चयन गरिसकेको छ । त्यस्तै बिहीबारको सचिवालय बैठकले नेकपाका केन्द्रीय सदस्यहरुको कार्यविभाजन तोक्ने जिम्मा पनि उक्त कार्यदललाई नै दिएको महासचिव पौडेलले बताए ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया