आईतबार, मंसिर २२, २०७६
www.samsararemit.com

मेलमिलापका लागि सत्तापक्ष तयार हुनुपर्छ: सभापति देउवा

प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय मेलमिलापका लागि सत्तापक्ष तयार हुनुपर्ने बताएका छन् । संविधान कार्यान्वयन, कानुन निर्माण र राजनीतिक सहमतिका लागि सत्तापक्ष तयार हुनुपर्ने उनको भनाइ छ ।

सत्तारुढ नेकपाले दसैं, तिहार, नेपाल सम्वत्, छठलगायत पर्वका अवसरमा आयोजना गरेको शुभकामना तथा चिपायान कार्यक्रममा देउवा सहभागी भए ।

संविधान कार्यान्वयनको चरणमा सत्तापक्ष-प्रतिपक्षबीच सौहार्दपूर्ण सम्वाद कायम हुन नसकिरहेको, प्रमुख दलहरू आफ्नै पार्टीभित्रका समस्यामा रुमल्लिरहेको र अन्तरराजनीतिक सम्वाद पनि पातलिँदै जान थालेको अवस्थामा नेकपाले आयोजना गरेको चियापानमा उनले देशलाई मेलमिलापको आवश्यकता रहेको औंल्याउँदै सत्तापक्ष त्यसका लागि तयार हुनुपर्ने संक्षिप्त धारणा राखेका थिए । ‘देश मेलमिलापमा जानुपर्छ । त्यसका लागि सत्तापक्षको हातमा छ सबै कुरा’, कांग्रेस सभापति देउवाले भने ।

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया