मंगलबार, भाद्र ३, २०७६
www.samsararemit.com

सभापति देउवाद्धारा प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना

नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

सोमबार अपरान्ह महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेर सभापति देउवाले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्यलाभको कामना गरेका हुन् ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा धेरै सुधार आएको सभापति देउवाले जानकारी दिए । उनले प्रधानमन्त्री ओलीको शीघ्र पूर्ण स्वास्थ्य लाभको कामना पनि गरे । सोमबार बिहान छातीमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई अस्पताल भर्ना गरिएको थियो । यसैबीच, प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आएको उपचारमा संलग्न वरिष्ठ चिकित्सक अरुण सायमीले जानकारी दिएका छन् ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया