सोमबार, मंसिर २३, २०७६
www.samsararemit.com

श्रीलंकामा चर्कियो राजनीतिक संकट: राष्ट्रपति गरे संसद भंग

श्रीलंकाका राष्ट्रपति माइत्रीपाला सिरिसेनाले संसद्‌ भङ्ग गरेका छन् । प्रधानमन्त्रीलाई हटाउने प्रयासपछि देशमा उत्पन्न राजनीतिक सङ्कटबीच माइत्रीपालाले यस्तो कदम चालेका हुन् ।

श्रीलंकाकाे समयअनुसार शुक्रबार मध्यरातदेखि संसद भङ्ग गरिएको हो। अब जनवरी ५ तारेखमा श्रीलंकामा आमचुनाव हुनेछ । यससँगै वर्खास्तीमा परेका प्रधानमन्त्री रनिल विक्रमसिङ्गको पार्टीले त्यस्ता कदम चाल्ने अधिकार राष्ट्रपतिलाई नभएको बताएको छ ।

प्रधानमन्त्री विक्रमसिङ्गलार्इ हटाएपछि बनाएका प्रधानमन्त्री महिन्द राजापक्ष भने श्रीलंकाको भविष्यका लागि राष्ट्रपतिले यस्तो कदम चालेको सामाजिक संञ्जाल ट्वीटरमार्फत स्पष्ट पारेका छन् । उनी भन्छन्,’ आमचुनावले जनताको चाहानालाई सम्बोधन गर्ने छ र श्रीलंकालार्इ स्थिरताको बाटोमा अगाडी बढाउने छ ।’

प्रधानमन्त्री विक्रमसिङ्गलाई हटाएर उनको ठाउँमा राजापक्षलाई ल्याउने राष्ट्रपतिको प्रयासपछि त्यहाँ उत्पन्न राजनीतिक सङ्कटमा अर्को मोड थपिएको छ । गत महिना राष्ट्रपति सिरिसेनाले प्रधानमन्त्री विक्रमसिङ्गलाई बर्खास्त गर्दै उनको स्थानमा पूर्वराष्ट्रपति राजापक्षलाई अघि सारेका थिए ।

राष्ट्रपतिले संसद र मन्त्रिपरिषद् दुवै निलम्बन गरेका थिए । तर सो कदम गैरकानूनी भन्दै विक्रमसिङ्गले पद छाड्न अस्वीकार गर्दै आएका छन् ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया