आईतबार, मंसिर २२, २०७६
www.samsararemit.com

प्रदेश-२: बुधबार सार्वजनिक बिदा

प्रदेश नं २ सरकारले पैगम्बर मोहम्मदको जन्म दिनको अवसरमा मङ्सिर ५ गते सार्वजनिक बिदा दिने भएको छ ।

प्रदेशका आठवटै जिल्लामा बुधबार मोहम्मदको जन्म दिवसको अवसरमा बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी गराएको छ ।

सो दिवसको अवसरमा प्रदेश नं २ को सम्पूर्ण सरकारी कार्यालय, संस्थान र शिक्षालयमा बिदा दिने सो मन्त्रालयका शाखा अधिकृत वसन्त न्यौपानेद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया