आईतबार, कार्तिक ३, २०७६
www.samsararemit.com

पौडी खेल्ने क्रममा डुबेर युवक बेपत्ता

दाङमा एक युवक तालमा डुबेर बेपत्ता भएका छन् । घोराही उपमहानगरपालिका १५ का १८ वर्षीय युवक लक्ष्मण डिसी तालमा डुबेर बेपत्ता भएका हुन् ।

घोराही उपमहानगरपालिकाले वडा नं. १७ गुलरियामा निर्माण गरेको कृत्रिम तालमा पौडी खेल्ने क्रममा डिसी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ ।

क्रिकेट खेलेर नुहाउने क्रममा युवक बेपत्ता भएको प्रहरी नायव उपरिक्षक राम प्रसाद घर्तीले बताए । तालमा पानीको सतह धेरै भएकाले शव अझै फेला पर्न सकिएको छैन ।

पानीको सतह कम गर्न पम्पिङसेटको प्रयोग गरिएको र शब खोजिका लागि गोताखोर प्रयोग गरिए पनि अहिलेसम्मको प्रयास सफल भएको छैन ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया