बुधबार, बैशाख ११, २०७६
www.samsararemit.com

अमेरिकन पेस्तोलसहित महिला पक्राउ

अमेरिकन पेस्तोलसहित बुधबार एक महिलालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।

सुरुङ्गा नगरपालिका ३ स्थित खेतमा बनाइएको झुप्रोबाट प्रहरीले ‘मेड इन युएसए’ लेखिएको पेस्तोल, चार थान गोली र खुकुरीसहित सिरहाको लहान ५ की ३० वर्षीया गीता सदालाई पक्राउ गरेको हो ।

सदालाई हतहतियार खरखजना मुद्दामा बुधबार नै अदालतबाट म्याद थप गरी कारबाही थालिएको इलाका प्रहरी कार्यालय कडरबोनाका इन्स्पेक्टर सुरेन्द्र श्रेष्ठले जानकारी दिए ।

अन्तरजातीय विवाह गरेको सदाका श्रीमान नरेशकुमार साह चोरी अभियोगमा सिरहा कारागारमा थुनामा छन् ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया