आईतबार, जेष्ठ ५, २०७६
www.samsararemit.com

अर्बिट शैक्षिक मेला आईतबारः ५ सयले परामर्श लिने

‘अर्बिट इन्टरनेशनल एजुकेशन कन्सलटेन्सीले’ आईतबार काठमाडौंमा शैक्षिक मेला आयोजना गर्ने भएको छ । उच्व शिक्षा अध्यायनको तयारीमा रहेका विद्यार्थीलाई लक्षित गरि शैक्षिक मेला आयोजना गर्न लागेको हो । 
काठमाडौंको डिल्लीबजार स्थित अर्बिटको कार्यालयमा आईतबार हुने शैक्षिक मेलाको बसै तयारी पुरा भएको अर्बटका कार्यकारी प्रमुख सिईओ राधेश्याम मल्लले जानकारी दिएका छन् ।  
मेलामा अस्ट्रेलिया, अमेरिका, बेलायत लगायतका देसमा उच्च शिक्षा हासिलका लागि जान चाहाने विद्यार्थीहरुले कजेल तथा विश्व विद्यालयका बारे सम्पूर्ण जानकारी लिन सक्ने सिईओ मल्लेले जानकारी दिएका  छन् । मेलामा विद्यार्थी तथा अभिभावकलाई सचित जानकारी दिन अस्ट्रेलियाका  विभिन्न कजेल तथा विश्व विद्यालयका प्रतिनिधि समेत सहभागी हुने बताईएको छ ।
त्यस्तै विद्यार्थी तथा अभिभावकले मेलामा सबै देशको शिक्षा, शिक्षा नीति, त्यहाँ जाने प्रक्रिया, शुल्क, त्यहाँ रहँदाको बसाइ तथा रोजगारीका बारे सबै खाले जिज्ञाशा मेट्न सक्ने छन् । मेलामा ५ सय विद्यार्थीले शैक्षिक जानकारी लिने अर्बिटले अपेक्षा गरेको छ । मेला विहान ९ बजे देखि साँझ ५ बजे सम्म सञ्चालन हुनेछ ।
‘अर्बिट’ले दुई दसक देखि उच्व शिक्षा अध्यायनका लागि विश्वका विभिन्न मुलुक जान जाहाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श सेवा पुर्याउँदै आएको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया