सोमबार, जेष्ठ ६, २०७६
www.samsararemit.com

बिना अनुमति खुलेका व्यवसायीलाई कारवाही गर्नु पर्छः अध्यक्ष पाण्डे

कास्कीमा बुधबार देखि तीन दिन शैक्षिक मेला सुरुभएको छ । नेपाल शैक्षिक परामर्श संघ इ-क्यान कास्की शाखाले तीन दिने शैक्षिक मेला आयोजना गरेको हो । बुधबार आयोजित एक कार्यक्रमका बीच गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले उक्त मेला उद्घाटन गरेका हुन् । उद्घाटना कार्यक्रममा प्रदेश प्रमुख कुँवरले यस्ता कार्यक्रमले विद्यार्थी तथा अभिभावकले शैक्षिक क्षेत्रसँग जोडिएका विभिन्न कुराको जानकारी पाउँने भएकाले  कार्यक्रमको महत्व रहेको बताए ।

‘नागरिकको रक्षा र शिक्षाको जिम्मेवारी राज्यको हो,’  ‘नागरिकलाई समय सापेक्ष बनाई लोककल्याणकारी हितमा उपयोगि बनाउन राज्यले सोच्नुपर्ने बेला आएको छ’ उनले भने

कार्यक्रममा नेपाल शैक्षिक परामर्श संघ ई-क्यानका अध्यक्ष विष्णुहरी पाण्डेले शिक्षा मन्त्रालयमा दर्ता नभएका शैक्षिक परामर्श दातालाई कारवाही गर्नु पर्ने बताएका छन् । बुधबार कास्कीको पोखरामा शैक्षिक मेला उद्घाटन कार्यक्रममा ई-क्यानका अध्यक्ष पाण्डेले सरकारको इजाजत नलिई संञ्चालनमा रहेका शैक्षिक परामर्श दातालाई कानुनी कारवाही गर्नु पर्ने बताएका हुन् । उनले इजाजत नलिएका परामर्श दातालाई कारवाही गर्न ई-क्यानकाले पनि सहयोग गर्ने प्रतिवद्धता व्याक्त गरे । त्यस्तै नेपालमा एफडिआइको आवस्यकता नरहेको पनि उनले प्रस्ट पारे ।

कार्यक्रममा ई-क्यान महासचिव शेषराज भट्टराईले शैक्षिक परामर्श सेवालाई सकारात्मक रुपमा लिनु पर्नेमा जोड दिए । उनले नेपाललाई शैक्षिक हबको रुपमा विकास गर्नु पर्ने धारणा राखे । कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले गरेका थिए । सो अवसरमा उनले शैक्षिक परामर्श दातालाई  कास्की शैक्षिका मेलामा विभिन्न मुलुका १५ वटा कलेजका प्रतिनिधि सहित ७० वटा स्टल रहेका छन् । मेलामा विद्यार्थी तथा अभिभावकले उच्व शिक्षा अध्ययनका लागि विभिन्न मुलुकका कलेज तथा यूनिभरसिटीका विषयमा सम्पूर्ण जानकारी लिन सक्ने छन् । मेला शुक्रबार सम्म चल्ने छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया