बिहीबार, श्रावण २, २०७६
www.samsararemit.com

नेप्से परिसूचक ५ अंकले घट्यो

साताको चौथो दिन बुधबार नेप्से परिसूचक ५ दशमलव ४६ अंकले घटेर ११ सय ६२ दशमलव ७० को बिन्दुमा आइपुगेको छ ।

‘क’ वर्गका कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स १ दशमलप २६ अंकले घटेर २ सय ४७ दशमलव ३३ को बिन्दुमा आइपुगेको छ ।

बुधबार १ सय ५८ कम्पनीका ३८ करोड ७२ लाख ९२ हजार ९ सय ८ रुपैयाँ बराबरका सेयर किनबेच भएको छ । यसदिन कारोबारमा आएको १० समूहमध्ये ४ समूहको सूचक बढेको छ भने ६ समूहमा गिरावट आएको छ ।

सबैभन्दा बढी कमाउनेमा निर्जीवन बिमा समूह अन्तर्गतका लगानीकर्ता परेका छन् । निर्जीवन बिमा समूह १७ दशमलव ६९ अंकले बढेको छ । त्यस्तै विकास बैंक समूह १४ दशमलव ९७ अंकले बढेको छ ।

यता सर्वाधिक गुमाउनेमा जीवन बिमा समूह अन्तर्गतका लगानीकर्ता परेका छन् । जीवन बिमा समूह ३६ दशमलव ५६ अंकले घटेको छ । त्यस्तै माइक्रोफाइनान्स समूह ५ दशमलव ९३ अंक, बैंकिङ समूह ८ दशमलव ६५ अंकले बैंकिङ समूह घटेको छ ।

बुधबार नेपाल लाइफ इन्स्योरेन्सका सर्वाधिक सेयर किनबेच भएको छ । कम्पनीको ३ करोड ५२ लाख ७२ हजार ९ सय ६९ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै एनएमबि बैंकको ३ करोड ५२ लाख ७० हजार ६१ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएका छन् ।

सर्वाधिक कमाउनेमा काबेली विकास बैंक अन्तर्गतका लगानीकर्ता रहेका छन् । बैंकको सेयर मूल्य ९ दशमलव ९३ प्रतिशतले बढेर २ सय ९९ रुपैयाँमा कारोबार रोकिएको छ । त्यस्तै विजय लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ४३ रुपैयाँले बढेको छ ।

सर्वाधिक गुमाउनेमा ङादी ग्रुप पावर अन्तर्गतका लगानीकर्ता रहेका छन् । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९ रुपैयाँले घटेर ११४ रुपैयाँमा कारोबार रोकिएको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया