शनिबार, चैत्र ९, २०७५
www.samsararemit.com

असन्तुष्ट लगानीकर्ताको आमरण अनसन स्थगित

सेयर बजार सुधारको माग राखेर चार दिनदेखि आमरण अनसनमा बसेका लगानीकर्ताले अनसन स्थगन गरेका छन् । सेयर लगानीकर्ता दबाब समूहको तर्फबाट अनसन बसेका हरि ढकाल र तिलक कोइरालाले अर्थमन्त्रीद्वारा गठित कार्यदलले प्रतिवेदन बुझाएपछि अनसन स्थगित गरेका हुन् ।

प्रतिवेदन अध्ययन गरेर आगामी कार्यदिशा तय गर्ने निर्णयसहित अनसन स्थगन गरिएको आन्दोलनरत समूहका नेता तथा सेयर लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फुल्लेलले बताए ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया