मंगलबार, मंसिर ३, २०७६
www.samsararemit.com

प्रदेशमन्त्री साहले दिए पत्रकारलाई जुत्ता हान्ने धम्की

प्रदेश-२ का सामाजिक विकासमन्त्री नवल किशोर साहले पत्रकारलाई जुत्ता हाल्ने धम्की दिएका छन् । राजपाभित्रको आन्तरिक विवाद चुलिएका बेला राजपाबाटै मन्त्री बनेका साह भने पत्रकारलाई गाली गरेर चर्चामा आलोचित बनेका छन् ।

शनिबार सप्तरीको हुनुमाननगर कंकालिनी नगरपालिका १४, रम्पुरा मलहनीयामा आयोजित हलुवाई समाज नेपालको जिल्ला अधिवेशनमा सहभागी हुने क्रममा साहले पत्रकारलाई सार्वजनिक रुपमा अपमान गरेका थिए । उनले पत्रकारलाई जुत्ता हान्नेसम्मको अभिव्यक्ति दिएका थिए । हनुमाननगर कंकालिनी साहको गृहनगर हो ।

‘जनकपुरमा घर भएका माननीयले पनि घरभाडा बापतको सुविधा लिएको विषयमा पत्रकारले जिज्ञासा राखेपछि मन्त्री साहले ‘पत्रकारले झुटको खेती गरिरहेकाले त्यस्ता पत्रकारलाई जुत्ताले हान्नुपर्छ’ भन्ने अभिव्यक्ति दिएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष समेत रहेका संघीय समाजवादी फोरम नेपालका प्रदेश अध्यक्ष श्यामसुन्दर यादव, राजपा निकट प्रेस मञ्चका जिल्ला अध्यक्ष शुभचन्द्र झा समेत थिए । यादव लगायतका पत्रकारले फेसबुक टाईमलाईनमा साहको अभिव्यक्ति प्रति आलोचना गरेका छन् ।

पत्रकार महासंघले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया