आईतबार, मंसिर २२, २०७६
www.samsararemit.com

बिग बास लिग: सन्दीपले गरे रेनेगेड्सका कप्तानलाई आउट

नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानले अस्ट्रेलियाको बिग बास लिग (बिबिएल) मा लगातार चौथो खेलमा विकेट लिन सफल भएका छन् ।

मेलवर्न स्टारका मुख्य बलर सन्दीपले मंगलबार मेलवर्न रेनेगेड्सविरुद्धको खेलमा १ विकेट लिन सफल भए। उनले खेलको ११औं ओभरमा रेनेगेड्सका कप्तान टम कुपरलाई १० रन बनाएर खेलिरहदा बोल्ड गरे । यसअघि उनले सिड्नी सिक्सरविरुद्धको खेलमा २ विकेट लिएका थिए । त्यसअघि सिड्नी थन्डरविरुद्ध २ विकेट र होबर्टविरुद्ध ३ विकेट लिएका थिए । योसँगै उनले चार खेलमा ८ विकेट लिए ।

मंगलबार उनले ४ ओभर बलिङ गर्दा ३१ रन खर्चिए । सन्दीपले ४ चौका बेहोर्दा ७ बल डट फ्याँके ।

खेलमा टस हारेको रेनेगेड्सले पहिले ब्याटिङ गरिरहेको हो ।

यो खेलपछि सन्दीप बंगलादेश प्रिमियर लिग खेल्न बंगलादेश आउँदैछन् ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया