बिहीबार, कार्तिक २८, २०७६
www.samsararemit.com

चिलिमेको सेयर मूल्य समायोजन

चिलिमे जलविद्युत् कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्जमा प्रति कित्ता ५६२ मा मूल्य समायोजन गरेको हो । कम्पनीले २० प्रतिशत सेयर लाभांश दिने प्रस्ताव गरे लगत्तै मूल्य समायोजन गरेको हो । कम्पनीको औसत आधार मूल्य ७३७ रहेको छ ।

यस्तै हालै मात्र साधारण सेयर बिक्री गरेको चौतारी लघुवित्त वित्तीय संस्थाको कारोवार सुरु भएको छ । स्टकका अनुसार सो कम्पनीको पहिलो कारोवार मूल्य १११ देखि ३३५ सम्म रहने प्रक्षेपण गरिएको छ ।

कम्पनीको बुधबार मात्रै १६ लाख ६० हजार कित्ता सेयर स्टकमा सूचीकृत भएको थियो । कम्पनीले केही समय पहिले मात्रै छ करोड बराबरको छ लाख कित्ता साधारण शेयर बिक्री गरेको थियो ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया