शनिबार, फाल्गुन १०, २०७६
www.samsararemit.com

वाइडबडी अनियमितता लुकाउन सरकारी छानविन समिति: वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाइडबडी विमानको अनियमितता लुकाउनका लागि सरकारले छानविन समिति बनाएको आरोप लगाएका छन् ।

तनहुँको दुलेगौंडामा भएको कांग्रेसको कार्यक्रममा बोल्दै पौडेलले संसदले छानविन गरिरहेको अवस्थामा सरकारले छानविन समिति बनाएर ढाकछोप गर्न लागेको बताए । प्रधानमन्त्रीले लेखा समिति अन्तर्गतको उपसमितिलाई अपमान गरेको उनले बताए ।

पौडेलले राजनीतिका लागि मात्र नेताहरू तीनतिर हुने तर ठूला ठूला काण्डमा सँगै हुने त होइनन् भनी शंका व्यक्त गरे । पौडेलले महासमिति पछि देशभर पार्टी एक भएको सन्देश गएको बेलामा फेरि पार्टीमा लफडाको तयारी भएको बताए ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया