मंगलबार, भाद्र ३, २०७६
www.samsararemit.com

कर छली रोक्न निजी क्षेत्रमा पनि लेखा परीक्षण: अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा. युवराज खतिवडाले कर छली हुन नदिन पनि निजी क्षेत्रको लेखा परीक्षणका लागि महालेखा परीक्षकको कार्यालयले निर्देशन दिने कानुनी व्यवस्था गर्नु परेको बताएका छन् ।

महालेखा परीक्षकको कार्यालयले निर्देशन दिने कानुनी व्यवस्था नगर्न निजी क्षेत्रका लेखा परीक्षकहरूले दबाब दिईरहेका बेला अर्थमन्त्री खतिवडाले भने कर छली हुन नदिनका लागि निजी क्षेत्रको लेखा परीक्षण गर्न लागिएको बताए । महालेखा परीक्षकको कार्यालयलाई कानुनी अधिकार दिने निर्णय गर्नु परेको स्पष्टीकरण दिएका थिए ।

आईतबार संघीय संसद अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै मन्त्री खतिवडाले बैंकको ऋण असुलीमा समेत समस्या हुने गरेका कारण पनि निजी क्षेत्रको लेखा परीक्षणमा सरकारले निगरानी राख्नु परेको बताएका थिए ।

निजी क्षेत्रमा लेखा परीक्षणको काम प्रभावकारी हुन नसकेकै कारण कर छली बढ्न गई मुलुकमा सुशासन कायम हुन नसकेको दाबी समेत अर्थमन्त्रीको रहेको थियो ।

लेखा परीक्षणको कामलाई व्यवस्थित बनाउन मातहतका सबै निकायलाई अर्थमन्त्रीले निर्देशन समेत दिए ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया