शनिबार, फाल्गुन १०, २०७६
www.samsararemit.com

कांग्रेस संसदीय दलको बैठक बस्दै

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ । मंगलवार दिउँसो १ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बस्ने बैठकले बुधबारको संसद बैठकमा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्ने कांग्रेसले जनाएको छ ।

पुस २२ गतेको संसद बैठकमा सभामुख कृष्णबहादुर महराको ‘हुकुमी शैली’ले प्रधानमन्त्रीले सदनमा राखेका विषयमा प्रश्न गर्न नपाएको कांग्रेसले बुधबार भने प्रश्नोत्तर गर्न पउनुपर्ने माग गर्दै आएको छ । संसद नियमावली २१९ को उपनियम २ बमोजिम प्रश्न गर्न पाउनुपर्ने कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बताए ।

बैठकमा सरकारले गरेका पछिल्ला गतिविधलगायत विषयमा छलफल हुने उनले बताए । संसदको अर्को बैठकमा प्रधानमन्त्रीले सरकारका कामकारवाहीबारे सदनमा जानकारी गराएको विषयमा प्रश्नोत्तर गर्न नपाए कांग्रेसले बैठक चल्न नदिने रणनीति बनाएको छ ।

आइतबारको संसद बैठकमा प्रधानमन्त्रीको सम्बोधनमाथि प्रश्नोत्तर गर्न नपाएपछि कांग्रेस सांसदले रोस्टम घेरेर नाराबाजी गरेका थिए ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया