मंगलबार, मंसिर ३, २०७६
www.samsararemit.com

छतबाट खसेर बालकको मृत्यु

भक्तपुरको सूर्यविनायक नपा १ सिरुटारमा छिमेकीको घरको छतबाट खस्दा बिहीबार एक बालकको मृत्यु भएको छ ।

भक्तपुर प्रहरीका अनुसार स्थानीय सञ्जीव राउतका तीन वर्षीय छोरा सभ्य राउतको छिमेकी केशव राजथलाको साढे २ तला घरको छतमा खसेर मृत्यु भएको हो ।

परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पोखरेलले आफ्नै हजुरआमासँग राजथलाको घरको छतमा गएको अवस्थामा अचानक सभ्य खसेको जानकारी दिए ।

छतबाट खसेर घाइते भएका उनलाई उपचारका लागि मध्यपुर अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रनाउ पोखरेलले बताए ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया