मंगलबार, असार ३१, २०७६
www.samsararemit.com

श्रीपञ्चमीको दिन ताप्लेजुङको सामुदायिक स्कुलमा पुस्तकालय खुल्ने

सूदुर पूर्वी जिल्ला ताप्लेजुङको एक सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना हुने भएको छ । यहि माघ २७ गते श्रीपञ्चमीको दिन तत्कालिन दोखु गाउँविकास समिति हालको फुङलिङ नगरपालिका वडा नंम्बर ८ बहानन्दे स्थित  मेवाराजा आधारभूत विद्यालयमा पुस्तकालय स्थापना हुने भएको हो । सामाजिक अभियन्ताहरु केशव प्रसाद अधिकारी, राधेश्याम मल्ल, विरेन्द्र बहादुर पाण्डे, पर्वतराज घिमिरे, भूवन केसी, सुनिल चिमरिया, विबेक थापा, मोनिका निरौला लगायतको अभियान ‘कम्प्यासन फोर ह्यूमानिटी’ले दूर्गम जिल्ला ताप्लेजुङमा पुस्तकालय स्थापना गर्न लागेको हो ।

नेपालीहरुको पवित्र पर्व श्रीपञ्चमीका दिन विशेष कार्यक्रम आयोजना गरेर पुस्तकालय सञ्चालयनका लागि पुस्तक हस्तान्तरण गरिने अभियन्ता राधेश्याम मल्लले जानकारी दिएका छन् । पुस्तकालयमा १००० भन्दा बढी पाठ्यक्रमका साथै सबै खाले पुस्तक पुर्याउँने लक्ष्य रहेको मल्लले जानकारी दिए ।

सो अवसरमा उक्त विद्यालयमा अक्षय कोष पनि स्थापना गरिने यस अभियानका संयोजक विरेन्द्र बहादुर पाण्डेले जानकारी दिएका छन् । उक्त अक्षय कोष बैंकमा राखिने र बैंकको ब्याजले प्रत्येक बर्ष श्रीपञ्चमीको दिन उत्कृष्ठ एक एक जना छात्र छात्रा पुरस्कृत गरिने उनले भनाई छ । अक्षय कोष कम्तिमा एक लाख रुपैयाँको रहने लक्ष्य रहेको छ ।

गाउँको विद्यालयमै पुस्तकालय स्थापना हुने भएपछि विद्यार्थी तथा अभिभावक दंग परेका छन् । २०३० सालमा स्थापना भएपछि उक्त विद्यायमा अहिले सम्म पुस्तकालय स्थापना हुन सकेको  थिएन । पुस्तकालय स्थापनाले विद्यार्थी तथा अभिभावकलाई कितावी तथा बाहिरी ज्ञान लिन थप सहयोगी बन्ने विद्यालयका प्रधानअध्यापक मानबहादूर पालुंवाले विश्वास व्यक्त गरेका छन् । आठ कक्षा सम्म सञ्चालयनमा रहेको उक्त विद्यालयमा १७० भन्दा बढी विद्यार्थी छन् ।

कसरी सुरु भयो यो अभियान । 

विरेन्द्र बहादुर पाण्डे, संयोजक पुस्तकालय स्थानपना अभियान

विद्यार्थीलाई पाठ्यक्रमसँगै बाह्य ज्ञान पनि उतिनै जरुरी छ । बाहिरी ज्ञानले विद्यार्थीहरुलाई आत्म विश्वास बढाउँछ । विद्यालयमै आफ्नो रुचि अनुसारको पस्तक पढ्न पाईयो भने पढ्ने बानीको विकास हुन्छ । त्यस्तै शिक्षक तथा शिक्षीकाको लागि पनि सन्दर्भ सामाग्री पुस्तकालयमा प्रसस्तहुँने भएकाले पठन पाठन गर्न पुस्तकालय सहयोगि बन्न सक्छ ।

हामिले स्थापना गर्ने पुस्तकालयमा धेरै खाले पुस्तकहरु हुन्छन् । त्यहाँ सफल मान्छेको जिवनी हुन्छ । सफलताको कथा हुन्छन् । बैज्ञानिक दार्शनिक तथा संसारका परिचित ब्यक्तित्व हुन्छन् । ति किताव पढेपछि विद्यार्थीलाई नयाँ जोस जाँगर र हौंसला मिल्छ । र भोलि तिनै विद्यार्थी चन्द्रमा बनेर उदाउँन सक्छन् ।

खास गरेर यो अभियानमा जुट्न मैले मेरो बुबाको प्रेरणा पाएँ । मेरो बुबा प्रेमबहादुर पाण्डेले लामो समय अर्घाखाँचीमा शिक्षण पेशा अंगाल्नु भयो । तीन दशक शिक्षण पेशा अंगाल्दा पनि  उहाँले कहिले पाठ्यक्रम अनुसारको सन्दर्भ सामाग्री पाउँनु भएन । पठन पाठनको लागि सन्दर्भ सामाग्री नहुँदा कति गाह्यो भयो होला पढाउँन । म अहिले पनि सम्झिन्छु ।

यस्ता अभियान एक्लो प्रयाशले सफल हुँदैन । अग्रसरता केहि ब्यक्तिले लिन्छ र सबैको सहयोग चाहिन्छ । हामि देश तथा विदेशमा रहनुहुँने सहयोगि महानुभावहरुसँग सहयोगको लागि आग्रह गर्छौं । (कुराकानीको आधारमा)

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया