बिहीबार, श्रावण २, २०७६
www.samsararemit.com

माथिल्लो तामाकोशीको सेयर कारोबार रद्ध

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सोमबारको सम्पूर्ण सेयर कारोबार रद्ध भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले प्रविधिक कारण देखाई कारोबार रद्ध गरेको हो ।

सोमबार माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सेयर मूल्य ५० प्रतिशतले बढेको थियो । नेप्सेमा कुनै पनि कम्पनीको सेयर मूल्य एक दिनमा १० प्रतिशतसम्म मात्र बढ्न सक्ने भए पनि नेप्सेको आधिकारिक वेबसाइटमा नै कम्पनीको सेयर मूल्य ५० प्रतिशतले बढेको देखिएको थियो ।

आइतबार २ सय २४ रुपैयाँमा कारोबार रोकिएको कम्पनीको सेयर मूल्य सोमबार ३ सय ३६ रुपैयाँ पुगेको थियो ।

नेप्सेको लापरबाहीको कारण लगानीकर्ता कम्पनीको सेयर खरिद–बिक्री गर्न अल्मलिएका थिए ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया