मंगलबार, जेष्ठ १३, २०७७
www.samsararemit.com

जिल्ला अदालत काठमाडौंका खरिदार घुससहित पक्राउ

जिल्ला अदालत काठामाडौंका खरिदार विदुर पोखरेल घुससहित प्रकाउ परेका छन् । अख्तियार दुरुपयोग आयोगको टोलीले १० हजार घुससहित पोखरेललाई पक्राउ गरेको हो ।

डोर खटी बण्डा मुचुल्का बनाउनका लागि सेवाग्राहीसँग विभिन्न बहाना बनाइ घुस माग गरेको भन्ने सूचनाका आधारमा अख्तियारले घुससहित पक्राउ गरेको सहसचिव एवं प्रवक्ता रामेश्वर दंगालले जानकारी दिएका छन् । घटनासम्बन्धी अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया