सोमबार, जेष्ठ ६, २०७६
www.samsararemit.com

उर्वशीको जोडि जोन अब्राहमसँग

उर्वशी रौटेला लामो समयदेखि ठूलो ब्यानर र स्टारसँग फिल्म खेल्ने कोसिसमा थिइन् । अहिले आएर उनको प्रयास सफल भएको छ । उर्वशीको हातमा अहिले एउटा ठूलो ब्यानरको फिल्म परेको छ जसमा उनी जोन अब्राहमसँग जोडिएकी छन् ।

उर्वशी फिल्म ‘पागलपन्ती’ को महत्त्वपूर्ण भूमिकामा देखिने छिन् । यो कमेडी फिल्म हो जसको निर्देशन अनिश बज्मीले गर्दैछन् । नो इन्ट्री, रेडी, थ्यांक युजस्ता फिल्मको निर्देशन अनिशले गरेका छन् ।

पागलपन्ती ठूलो बजेटको फिल्म हो । जोनको साथमा यो फिल्ममा इलियाना डिक्रुज, अनिल कपुर, अरसद वारसी, कृति खरबन्दा र पुलकित सम्राट् पनि देखिनेछन् ।

यो फिल्मको सुटिङ लन्डनबाट सुरु भएको छ । यसको सुटिङ ५० दिनसम्म चल्ने छ । उर्वशीले यो फिल्ममा अभिनय गर्ने तयारी गरेकी छन् । फिल्ममा जोनसँग इलियाना र पुलकितसँग कृतिको जोडी हुनेछ भने उर्वशीको भूमिका महत्त्वपूर्ण छ ।

उर्वशीले सनी देओलसँग ‘सिंह साहब द ग्रेट’ बाट करियर सुरु गरेकी थिइन् । यसपछि सनम रे, ग्रेट ग्रान्ड मस्ती र हेट स्टोरी सिरिजका फिल्ममा उनले काम गरिन् । ‘काबिल’ मा उर्वशीमाथि फिल्माइएको ‘सारा जमाना’ बोलको गीत हिट भएको थियो ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया