शनिबार, चैत्र ९, २०७५
www.samsararemit.com

६ वर्षपछि ‘ठाकरे’ बाट अमृताको कमब्याक

‘ईश्क विश्क’, ‘मैं हुँ ना’, ‘विवाह’ र ‘जोली एल एल बी’ जस्ता फिल्मबाट दर्शकको मन जितेकी अभिनेत्री अमृता रावले तीन वर्षपहिले विवाह गरेर घर बसाइन् । ६ वर्षको पर्खाइपछि उनी फेरि फिल्म उद्योगमा फर्किएकी छन् । बदलिएको समयसँगै सिनेमा पनि बदलिएकाले आफू केही समय फिल्मभन्दा टाढा रहेको उनले बताइन् ।

अमृता अहिले आफ्नो रिलिजका लागि तयार फिल्म ‘ठाकरे’ को प्रमोसनमा जुटेकी छन् । ‘ठाकरे’ मा उनी बाल ठाकरेकी पत्नी मीना ताईको भूमिकामा देखिँदै छिन्। ‘फिल्म ठाकरेका लागि मलाई मीना ताईको भूमिका मेरो इमेजका कारण प्राप्त भएको हो’, उनले भनिन्,‘ यो रोल अरू कसैलाई दिन निर्माण टिम तयार थिएन । ’

‘ठाकरे’ २६ जनवरीमा रिलिज हुँदैछ । फिल्ममा नवाजुद्दिन बाल ठाकरेको भूमिकामा देखिने छन् । फिल्मको निर्देशन अभिजित पनसेले गरेका छन् । बाल ठाकरेको जिन्दगीमा आधारित यो फिल्मम सुधीर मिश्रा पनि अहम भूमिकामा छन् ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया