मंगलबार, कार्तिक ५, २०७६
www.samsararemit.com

फिल्म ‘मणिकर्णिका’को विवादले कंगनाको घर घेराउ

बलिउड फिल्म ‘मणिकर्णिका’ भारतको राष्ट्रिय राजपुत करणी सेना (एसआरकेएस) नामक संगठनको निशानामा परेको छ । उक्त संगठनले फिल्ममा राखिएका दृश्यप्रति आपत्ति जनाउँदै प्रदर्शन गरिरहेको छ ।

करणी सेनाले बिहीबार पनि मणिकर्णिकाकी नायिका कंगना रनौतको घर घेराउ गरेको छ । करणी सेनाले यसअघि फिल्म ‘पद्मावत’ को पनि विरोध गरेको थियो ।

मणिकर्णिकामा कंगनाले रानी लक्ष्मीबाईको भूमिका निभाएकी छिन् । करणी सेनाले कंगनाले माफी माग्नुपर्ने बताउँदै आन्दोलन गरिरहेको छ ।

करणी सेनाका सदस्यले कंगनाको घर बाहिर धर्ना दिनको लागि अनुमति मागेको थियो, तर पुलिसले अनुमति दिएन । तर, जबरजस्ती धर्ना दिएपछि केहीलाई प्रहरीले पक्राउ गरेको छ ।

कंगनालाई जब करणी सेनाले फिल्म मणिकर्णिकाको विरोध गर्छ भन्ने थाहा भयो, उनी निकै रिसाइन् । यदि मणिकर्णिकालाई कुनै क्षति पुर्‍याएमा करणी सेनालाई त्योभन्दा पनि बढी क्षति पुर्‍याइदिने अभिव्यक्ति कंगनाले दिएकी थिइन् । यही कारण करणी सेनाका कार्यकर्ता कंगनाप्रति बढी नै आक्रोसित भएका छन् ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया