शनिबार, असार २७, २०७७
www.samsararemit.com

सरकार अधिनायकवादी ढंगले अघि बढ्योः नेपाली कांग्रेस

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले चिकित्सा शिक्षा विद्ययक पारित भएको शुक्रबारको घटनाले सरकारले अधिनायकवादी आकांक्षालाई उजागर गरेको जनाएको छ ।

संसदबाट चिकित्सा शिक्षा विधेयक पारित भएपछि आक्रोशित कांग्रेसले पत्रकार सम्मेलन गरी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले विपक्षीरहित संसद चाहेको पुष्टि भएको जनाएको छ ।

सभामुख कृष्णबहादुर महराकाे कदमप्रति रुष्ट कांग्रेसले ‘सिंगो सदनको साझा नेताबाट सभामुखले स्वेच्छिक अवकाश लिएको’ आरोप लगाएको छ ।

प्रधानमन्त्री, सभामुख, नेकपा लगायतको संगठित प्रयत्नले डा केसीसँगको सम्झौता कार्यान्वयन हुन नसकेको कांग्रेसको ठहर छ ।

‘शिक्षा र स्वास्थ्य राज्यको जिम्मेवारी’ भनेर घोषणापत्रमा उल्लेख गर्ने सरकारले निश्चित वर्गको हितमा काम गरी सामान्य नागरिकको भावनामा कुठाराघात गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

डा केसीको अनसन १७औं दिनमा चलिरहँदा पनि संवाद सुरू नगर्नुलाई कांग्रेसले नेकपा सरकारले केसीलाई ‘मरे हुन्छ’ जस्तै विवेक प्रदर्शन गरेको बताएको छ ।

सरकारले आफ्ना दुई पूर्व सभापतिका नाममा रहेका अस्पताल नामेट गरी प्रतिपक्षलाई द्वन्दको लागि खुला आमन्त्रण गरेको उल्लेख गरेको छ । सरकारको कदमका विरुद्धमा छिट्टै नै देशव्यापी विराेधका कार्यक्रम सार्वजनिक गर्ने पनि प्रवक्ता शर्माले बताए ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया