सोमबार, माघ ६, २०७६
www.samsararemit.com

भरुवा बन्दुक र बारुदसहित वृद्ध पक्राउ

मकवानपुर प्रहरीले भरुवा बन्दुक र बारुदसहित एक वृद्धलाई पक्राउ गरेको छ । गढी गाउँपालिका–२ गढी बस्ने ६८ वर्षीय हस्तबहादुर स्याङ्तानलाई भरुवा बन्दुक १ थान र करिब १० ग्राम बारुदसहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले हस्तबहादुरलाई भरुवा बन्दुक बोकी हिँडिरहेको अवस्थामा फेला पारी उक्त बन्दुकसहित पक्राउ गरिएकाे हाे ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया