शनिबार, असार २७, २०७७
www.samsararemit.com

सरकारविरुद्धको आन्दोलनको कार्यक्रम रोकिदैँन: प्रवक्ता शर्मा

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आमरण अनशनरत डा. गोविन्द केसीको जीवनरक्षाका लागि तत्काल पहल गर्न सरकारसँग माग गरेको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले डा. केसीको जीवनरक्षाका लागि तत्काल पहल गर्न सरकारसँग माग गरेका हुन् । आफैँले गरेको सहमतिविपरीत राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेर सरकारले उत्तर कोरियाली कम्युनिस्ट शासकले जस्तो डा. केसीको जीवनरक्षाका लागि कुनै पहल नगरेकोमा उनको आपत्ति छ ।

बुधबार सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गरी प्रवक्ता शर्माले आगामी माघ २१ गते घोषित सरकारविरुद्धको आन्दोलनको कार्यक्रम पनि नरोकिने स्पष्ट पारे ।

उनले पार्टीका पूर्व सभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना गरिएको अस्पताल केन्द्र सरकार मातहत ल्याउन आफ्नो पार्टीले गरेको मागलाई मंगलबार सरकारले सम्बोधन गरे पनि अरु दर्जनभन्दा बढी गल्ती उजागर गर्न पनि सो आन्दोलन नरोकिने प्रष्टयाएका हुन् ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया