बिहीबार, श्रावण २, २०७६
www.samsararemit.com

दोलखा र रामेछापको मोबाइल सेवा बिहानैदेखि अवरुद्ध

नेपाल टेलिकमको जीएसएम मोबाइल सेवा बिहीबार बिहानदेखि दोलखा र रामेछाप जिल्लाको अधिकांश भूभागमा अवरुद्ध भएको छ । टेलिकमको नमस्ते प्रिपेड र पोष्टपेड सेवा बिहीबार बिहानदेखि अवरुद्ध भएपछि दुई जिल्लाका स्थानीय मार्कामा परेका छन् ।

नेपाल टेलिकम दोलखाका कार्यालय प्रमुख श्याममणी अर्यालका अनुसार बिहान करिब ७ बजेबाट मोबाइल सेवा अवरुद्ध भएको छ । काठमाडौं फुल्चोकी डाँडाबाट दोलखा र रामेछाप रिले हुनुपर्ने फ्रिक्वन्सीमा समस्या आएर मोबाइल अवरुद्ध भएको अर्यालले बताए ।

बेलुकासम्म सञ्चालनमा आइसक्ने अर्यालले बताए । दुबै जिल्लाको पीएसटीएन सेवा भने सूचालु छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया