बिहीबार, श्रावण २, २०७६
www.samsararemit.com

आलुको कन्टेनरमा पहिलो विश्वयुद्धको ग्रिनेड भेटियो

पहिलो विश्वयुद्धमा प्रयोग भएको जर्मन ग्रिनेड हङकङमा फेला परेको छ । फ्रान्सबाट ल्याइएको आलुको कन्टेनरमा उक्त ग्रिनेड भेट्टाइएको हो ।

शनिबार बिहान हङकङको पूर्वी साई कुङ जिल्लामा रहेको क्याल्बी कुरकुरे फ्याक्ट्रीमा भेट्टाइएको सो हाते ग्रिनेड सक्रिय अवस्थामा नरहेको हङकङ प्रहरीले जनाएको छ । ‘ग्रिनेड सक्रिय अवस्थामा छैन। यसलाई पहिले नै निष्क्रिय बनाइसकिएको रहेछ । तर, व्यवस्थापन मात्र गरिएको थिएन । त्यसकारण यसरी भेटिएको हो’, एक अधिकारीले भने ।

बम भेटे लगत्तै हङकङ प्रहरीको विशेष बम डिस्पोजल टोली कुुरकुरे फ्याक्ट्री पुगेर बमको व्यवस्थापन गरेको थियो ।

माटोको कुनै भाँडोको आकारमा रहेको ग्रिनेडको आकार ३ इन्च (८ सेन्टिमिटर) रहेको छ ।

‘हालसम्म प्राप्त सबै सूचनालाई आधार मान्दा बम फ्रान्सबाट ल्याइएको आलुसँगै हङकङ आइपुगेको हो’, प्रहरी सुपेरिटेन्डेन्ट ओङ हो–होनले बताए । उनका अनुसार सो बमलाई उच्च दबाबयुक्त वाटर फाएरिङ पद्धतिबाट डिफ्युज गरिएको थियो ।

फ्रान्समा आलु खन्ने बेलामा संयोगवश सो बमलाई पनि कन्टेनरमा राखी हङकङ पठाइएको हो । युद्धका दौरानमा लडाकुले प्रयोग गर्दा खेतबारीमा सो बम छोडिएको हुनसक्ने साउथ चाइना मर्निङ पोस्टका सैन्य इतिहासविद् डेभ मक्रीले बताए ।

गएको वर्ष पनि हङकङको एक निर्माण स्थलमा भेटिएको दोस्रो विश्वयुद्धमा प्रयोगमा आएको आंशिक रुपमा नष्ट भएको बमलाई पनि निष्क्रिय बनाइएको थियो । दैनिक हजारौं मानिसको आवातजावत हुने सो इलाकामा भेटिएको बमको तौल ४ सय ५० किलो थियो ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया