मंगलबार, मंसिर ३, २०७६
www.samsararemit.com

एसएस राजामौलीको फिल्म ‘आरआरआर’मा आलिया भट्ट

आलिया भट्ट अहिले बलिउडकी लोकप्रिय हिरोइनको सूचीमा सामेल भएकी छन् । युवा हिरोसँग उनको जोडी जम्छ । यही कारण ‘बाहुबली’जस्तो ब्लक बस्टर फिल्म बनाउने निर्देशक एसएस राजामौलीले अफ्नो आगामी फिल्ममा आलिया भट्टलाई लिन चाहेका छन् ।
बाहुबली सिरिजपछि राजामौली आफ्नो फिल्म ‘आरआरआर’मा व्यस्त छन् । फिल्मको नाम अलि फरक छ । यो फिल्ममा रामचरण तेजा र एनटीआर जुनियर लिड रोलमा छन् । हिरोइन अहिलेसम्म फाइनल भएको छैन ।

राजामौलीले आलियासँग करण जोहरमार्फत सम्पर्क गरेका छन् । आलियालाई करणले बलिउडमा लन्च गरेका हुन्। करणका धेरै फिल्ममा आलियाले काम गरिसकेकी छन् । करण एक हिसाबले आलियाका गडफादर पनि हुन् । ‘आरआरआर’मा करण कोप्रोड्युसर पनि हुन् । त्यसैले करणले भनेको आलियाले मान्नेछिन् र राजामौलीको फिल्ममा देखिनेछिन् ।

सूत्रअनुसार आलियालाई डेटको समस्या भने हुन सक्छ । फिल्ममा अर्की हिरोइनका रूपममा किआरा आडवाणीसँग कुरा भइरहेको छ । किआरा पनि यो अवसर गुमाउन चाहिरहेकी छैनन् ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया