बिहीबार, श्रावण २, २०७६
www.samsararemit.com

अब गुगलमा तामाङ, लिम्बु र डोटेली भाषामा पनि टाइप हुने

गुगलको लोकप्रिय कि–बोर्डमा थप भाषा पनि समावेश गरेको छ । कि–बोर्ड जी–बोर्डले थप ५० भाषा आफ्नो प्लेटर्फममा समावेश गरेसँगै अब जीबोर्डमा भाषाको संख्या ५०० पुगेको छ ।

हाल समावेश भएका भाषामध्ये अधिकांश सानो संख्यामा बोलिने भाषा छन् । जी–बोर्डले नेपाल, अरेबिक, टर्की, चीन, भारत, सिंगापुर, इन्डोनेसिया लगायतका मुलुकका विभिन्न समुदायले बोल्ने भाषा थपेको हो ।

नेपालभित्र बोलिने केही भाषा पनि जी–बोर्डले सपोर्ट गर्ने भएको हो । जसमा डोटेली, पूर्वी तामाङ र लिम्बु भाषा रहेका छन् । यी भाषामा तपाईंले गुगलको कि–बोर्डमा आफूलाई मन पर्ने भाषामा लेख्न सक्नु हुने भएको छ ।

गुगलका अनुसार यी भाषामा तत्कालै टाइप गर्न सकिने सेवा सुरु भइसकेको छ । यसका लागि स्मार्ट फोनको गुगल प्ले स्टोरमा गएर जी–बोर्ड एप अपडेट गर्नुपर्ने हुन्छ । हाल यो सुविधा एन्ड्रोइड स्मार्ट फोनमा मात्र उपलब्ध भए पनि आईओएसमा पनि छिट्टै उपलब्ध हुने बताइएको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया