सोमबार, जेष्ठ ६, २०७६
www.samsararemit.com

फेसबुक मेसेन्जरले सार्वजनिक गर्यो नयाँ फिचर

सबैभन्दा बढी प्रयोग गरिने सामाजिक सञ्जाल फेसबुक मेसेन्जरले नयाँ फिचर सार्वजनिक गरेको छ । फेसबुकले मेसेन्जर प्रयोगकर्ताका लागि ‘अनसेन्ड’ फिचर ल्याएको हो । अर्थात् अब तपाईंले फेसबुक मेसेन्जरबाट अरूलाई पठाएको मेसेज सजिलैसँग डिलिट गर्न सक्नुहुनेछ ।

यसरी मेसेन्जर युजरले पठाइसकेको मेसेज प्राप्तकर्ताको च्याट बक्समा पुगिसकेपछि पनि ती मेसेजसमेत पठाउनेले सजिलै डिलिट गर्न सक्नेछ ।

डिलिट गरिसकेका मेसेज प्राप्त गर्नेको च्याट बक्सबाट पनि स्वतः डिलिट हुनेछन् । यदि मेसेन्जरमार्फत गलत मानिसलाई मेसेज पठाएको वा गलत सूचना पठाए त्यस्तो मेसेज डिलिट गर्न सकिने फिचर आएको हो ।

फेसबुकका अनुसार मेसेन्जरमा यसरी पठाइने मेसेज पठाएको १० मिनेटभित्र डिलिट गर्नुपर्नेछ । त्यसपछि सो मेसेज डिलिट गर्न चाहेमा पनि हटाउन सकिने छैन । यो फिचर प्रयोग गर्न आफ्नो स्मार्टफोनमा भएको मेसेन्जर एप अपडेट गर्नुपर्नेछ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया