शनिबार, चैत्र ९, २०७५
www.samsararemit.com

सामुदायिक विद्यालयमा पुस्तकालय स्थापनालागि अभियान्ताको टोली ताप्लेजुङ प्रस्थान

प्रदेश नम्बर १ सुदुरपूर्वको जिल्ला ताप्लेजुङको एक सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना हुने भएको छ ।

माघ २७ गते श्रीपञ्चमीको अबसर पारेर फुङलिङ नगरपालिका वडा नंम्बर ८ बहानन्दे स्थित मेवाराजा आधारभूत विद्यालयमा पुस्तकालय स्थापना हुने भएको हो ।

सामाजिक अभियन्ताहरु केशव प्रसाद अधिकारी, राधेश्याम मल्ल, विरेन्द्र बहादुर पाण्डे, पर्वतराज घिमिरे, भूवन केसी, सुनिल चिमरिया, विबेक थापा, भिम थापा, मोनिका निरौला लगायतको अभियान ‘कम्प्यासन फोर ह्यूमानिटी’ले दूर्गम जिल्ला ताप्लेजुङमा पुस्तकालय स्थापना गर्न लागेको हो ।

अभियान्ताको टोलि शुक्रबार बिहान त्यस तर्फ प्रस्थान गरेको छ । टोलिमा सामाजिक अभियन्ताहरु राधेश्याम मल्ल, विरेन्द्र बहादुर पाण्डे, पर्वतराज घिमिरे, भूवन केसी, सुनिल चिमरिया, विबेक थापा लगायत प्रस्थान गर्नुभएको बताएको छ ।

पुस्तकालयमा ३ हाजार भन्दा बढी पुस्तक पुर्याउँने लक्ष्य रहेको अभियन्ताले जानकारी दिनुभयो ।

आठ कक्षा सम्म सञ्चालयनमा रहेको उक्त विद्यालय २०३० सालमा स्थापना भएको हो, भने सो विद्यालयमा हाल १७० भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया