मंगलबार, जेष्ठ १३, २०७७
www.samsararemit.com

जनतालाई न्याय हुँदैन भने अनशन बस्छु: सांसद लिङ्देन

सांसद राजेन्द्र लिङ्देनले अनशन बस्ने चेतावनी दिएका छन् । शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद लिङ्देनले आफ्नो क्षेत्रका जनतालाई न्याय हुँदैन भने अनशन बस्न तयार रहेको बताए । संसदमा राप्रपा नेपालबाट आफू एक्लो भएकै कारण आफ्नो क्षेत्रलाई उपेक्षा गर्ने, दुःख दिनेजस्ता क्रियाकलापहरु सैह्य नहुने उनले बताएका थिए ।

उनले आफ्नो क्षेत्रमा बजेट नगएको र विगतका सरकारले तय गरेको योजनाहरु लथालिंग छोड्दा अप्ठ‍ेरो परेको बताएका थिए । उनले चाँडै योजनाहरु सूचारु गर्न माग गरे ।

सांसद लिङ्देनले १० लाखको योजना मागेको ठाउँमा एक करोड १० लाख बजेट पठाएको उल्लेख गरे । ‘तराई/मधेस समृद्धिअन्तर्गत मेरो निर्वाचन क्षेत्रको गाउँपालिकामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सिलिङ पठायो । कार्यक्रम माग्यो । गाउँपरिषद्ले योजना छनोट गरेर पठायो’उनले भने, ‘मन्त्रालयले प्राथमिकता सूचीमा रहेको कार्यक्रम, जहाँ १० लाख माग गरिएको थियो । १ करोड १० लाख पठाइयो ।’ उनले यस विषयमा मन्त्रीलाई सोधे पनि अहिलेसम्म कुनै जवाफ नआएको गुनासो गरे ?

‘कार्यकर्ताको सिफारिसको आधारमा आयोजना सिफरिस भएको रहेछ’ उनले भने, ‘मन्त्रीलाई भन्न चाहन्छु त्यत्रो पैसा खर्च गर्ने ठाउँ नै छैन । त्यस्तो योजना किन छनोट गरियो?’ संघीयतालाई व्यवहारमा मन्त्रीले खतम गरेको उनको आरोप थियो ।

झापा क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद लिङ्देनले आफ्नो जिल्लामायोजनैयोजना गएको भन्ने प्रचारको खण्डन गरेका हुन् ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया