मंगलबार, असार ३१, २०७६
www.samsararemit.com

‘ए मेरो हजुर–३’ को टिजर सार्वजनिक: अनमोल र सुहानाको रोमान्स (भिडियोमा)

फिल्म ‘ए मेरो हजुर–३’ को अफिसियल टिजर सार्वजनिक भएको छ । अभिनेता अनमोल केसी र नव–नायिका सुहाना थापाको मुख्य भूमिका रहेको फिल्को टिजर आइतबार सार्वजनिक गरिएको हो ।

सार्वजनिक टिजरमा अनमोल र सुहानालाई प्रेमील र रोमान्टिक जोडीको रुपमा देख्न सकिन्छ । फिल्ममा सुनिल कुमार थापाको निमार्ण र अभिनेत्री झरना थापाको निर्देशन रहेको छ । फिल्मकी नव–अभिनेत्री भने उनै निर्देशक झरना थापा र निर्माता सुनिलकी छोरी सुहाना थापा हुन् ।

फिल्ममा कल्याण सिंह, कोशिश क्षेत्री, प्रतीक पौडेल र आशिश अविरलको संगीत, निर्देशक थापा र सुमन पौडेलको कथा लेखन तथा रोशन श्रेष्ठको द्वन्द्व र सञ्जय लामाको छायांकन रहेको छ ।

फिल्ममा अनमोल र सुहानाकासाथमा सलोन बस्नेत, अर्पण थापा, रविन्द्र झा लगायतकलाकारहरुको अभिनय रहेको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया