शनिबार, फाल्गुन १०, २०७६
www.samsararemit.com

पार्टी भित्र निराशा र असन्तुष्टि बढेको छ: वरिष्ठ नेता नेपाल

सत्तारुढ दल नेकपा कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पार्टीमा निराशा र असन्तुष्टि बढेको बताएका छन् ।

वरिष्ठ नेता नेपालले जनताको असन्तुष्टिलाई सुनेर तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

आईतबार हेटौंडामा स्थानीय संचारकर्मीमाझ नेता नेपालले जनताको चाहना अनुसार सरकारले आफ्नो काममा सुधार गर्नुपर्ने बताएका हुन् । ‘पार्टी संगठनहरुको एकीकरणमा धेरै ढिला भएकाले पार्टी भित्र निराशा र असन्तुष्टि बढेको छ,’ नेता नेपालले भने, ुयी समस्या समाधानका लागि तत्काल पहल आवश्यक छ ।’

फरक प्रसंगमा नेता नेपालले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले विनाएजेन्डा आन्दोलन सुरु गरेको भन्दै आलोचना गरे ।

वरिष्ठ नेता नेपालले काँग्रेसलाई भ्रष्टाचार नियन्त्रण र मुलुकको सुशासनका लागि सरकारलाई सचेत गराउने अभियानमा लाग्न पनि आग्रह गरेका थिए ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया