सोमबार, असार २, २०७६
www.samsararemit.com

४५ बर्षपछि ताप्लेजुङको सामुदायीक स्कुलमा पुस्तकालय तथा अक्षय कोष स्थापना

कम्प्यासन फोर ह्युमानिटी अर्थात मानवताका लागि करुणा अभियानले श्रीपञ्चमीको दिन पारेर ताप्लेजुङको फुङलिङ नगरपालिका ८ बहानन्दे स्थित मेवाराजा आधारभूत विद्यालयमा पुस्तकालय, अक्षय कोष स्थापना साथै शैक्षिक सामाग्री वितरण गरेको छ । अहि माघ २७ गते श्रीपञ्चमीको दिन पारेर विद्यालयको प्रांगणमा विषेश कार्यक्रम आयोजना गरेर पुस्तकालय, अक्षय कोष स्थापना तथा शैक्षिक सामग्री वितरण गरेको हो ।

पुस्कालयमा पाठ्यक्रम तथा पाठ्यक्रम भन्दा बाहिरका झण्डै तीन हजार पुस्तक पुर्याईएको छ । सहि अवसरमा  मानवताका लागि करुणा अभियानले ८५ हजार १ रुपैयाँको अक्षय कोष समेत स्थानपना गरेको छ । अक्षय कोषको चेक यस अभियानका संयोजक विरेन्दबहादुर पाण्डेले कार्यक्रमका प्रमुख अतिथि फुङलिङ नगरपालिका मेयर छत्रपति प्याकुरेल र विद्यालयका प्रअ मानबहादुर पालुङवालाई हस्तान्तरण गरिका छन् । त्यस्तै कार्यक्रममा पचास हजार भन्दा बढीको म्यूजिकका सामाग्री समेत हस्तान्तरण गरियो ।

पुस्तकालय उद्घाटन मेयर छत्रपति प्याकुरेल र प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले उद्धघाटन गरेका थिए । अक्षयकोषबाट आउने ब्याजले प्रत्येक बर्ष उत्कृष्ट दुइ छात्रछात्रालाइ छात्रबृत्ति प्रदान गरिने छ ।  सहि अवसरमा उक्त अभियानले सोहि विद्यालयका २०० विद्यार्थीहरुलाइ जनही चारवटा कापी र डटपेन प्रदान गरेको छ ।

उक्त अभियानमा अभियन्ताहरु राधेश्याम मल्ल, विरेन्द्र बहादुर पाण्डे, पर्वतराज घिमिरे, भूवन केसी, सुनिल चिमरिया, विबेक थापा काठमाडौंबाट कार्यक्रममा सहभागि भएका थिए । सामाजिक अभियान्ता घिमिरे कान्तिपुर टेलिभिजनका उप सम्पादक हुन् । उनले ५ कक्षा सम्म सोहि विद्यालयमा अध्यान गरेका थिए ।

आठ कक्षा सम्म सञ्चालनमा रहेको यो विद्यालय २०३० सालमा स्थापना भएको हो । पुस्तकालय उद्घाटन कार्यक्रममा मेयर प्याकुरेलले यसको ब्यवस्थानको काम विद्यालयको भएको बताए ।  हाम्रो तर्फवाट गर्ने अनुगमन, सहयोग गछौं, यस्को दिगो ब्यवस्थापन तपाइहरुले गर्नुपर्छ’ प्याकुरेलले भन । उनले नगर सरकार दिगो ब्यवस्थापनकालागि सदैव कृयासिल रहने बताए ।

प्रमुख जिल्ला अधिकारी भण्डारीले दाताको मात्रै मुख ताक्न नहुने बिद्यालयको सुधारमा आफुलेपनि ध्यान दिनुपर्नेमा जोड दिए । ‘नसकेको सहयोग माङने हो, तर पर निर्भर हुने होइन,’ उनले थपे । ‘यसमा सम्वन्धित निकाय सकृय हुनुपर्छ ।’ वडाअध्यक्ष पदम पालुङवा, यस कार्यक्रमका संयोजक विरेन्द्रबहादुर पाण्डे, अभियन्ता एवं युवा हुङकार मासिकका प्रकाशक तथा प्रधान सम्पादक भुवन केसी कान्तिपुरका टेलिभिजनका उप–सम्पादक पर्वतराज घिमिरे लगायतले आफ्नो धारणा राखेका थिए ।

यसै बीच स्थानीय रेवता खवासले आफ्ना स्वर्गीय पति सिंहवहादुर खवासको नाममा १ लाख ५ सय रुपैंयाको अक्षयकोष स्थापना गरिदिएकी छन् । छोराहरु टंक र बिष्णु खवास समेतको उपस्थितिमा कोष स्थापना गरिएको हो । प्याकुरेल र विद्यालयले अभियानमा सहभागी र अक्षककोष स्थापना गर्नेलाइ खादा र मालाले सम्मान गरे । आठ कक्षा सम्म सञ्चालयनमा रहेको उक्त विद्यालय २०३० सालमा स्थापना भएको हो, भने सो विद्यालयमा हाल १७० भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् । यो अभियानमा काठमाडौं लगायत विभिन्न स्थानबाट सहयोगि हातहरु जोदिएको कार्यक्रकमा संयोजक पाण्डेेले जानकारी दिए ।

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया