सोमबार, आश्विन ६, २०७६
www.samsararemit.com

सप्तरीमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरिने

उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवले धरान र काठमाडौंझैँ सप्तरीलाई पनि स्वास्थ्य केन्द्र बनाउन सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको बताएका छन् ।

नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाली सेनाको आयोजनामा बुधबारदेखि राजविराजमा सुरु भएकाे साताव्यापी बृहत् स्वास्थ्य शिविरकाे उद्घाटन गर्दै मन्त्री यादवले मन्त्रिपरिषद्बाट ऐनको मस्यौदा पारित भई काम अगाडि बढेकोसमेत जानकारी दिए ।

गजेनद्रनारायण सिंह सगरमाथा अस्पतालमा साे शिविर सुरु भएकाे हाे ।

उद्घाटन कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शिक्षा, स्वास्थ्य, गरीबी र बेरोजगारी हटाउन सरकार प्रतिबद्ध रहेकाले विशेष लगानी गरिने प्रतिबद्धता व्यक्त गरे ।

फागुन ७ गतेसम्म सञ्चालन हुने उक्त शिविरमा बिरामीको चाप बढे समयावधि थप गरिने अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा चुमनलाल दासले बताए ।

शिविरमा छाती, मुटु, हाडजोर्नी, दाँत, नाक, कान, घाँटी, आँखा, छाला, स्त्रीरोग विशेषज्ञले उपचार गरिरहेका छन् ।

एक सय २६ विशेषज्ञ चिकित्सकसहितको टोलीले एकै स्थानमा थुप्रै रोगको उपचार गर्न थालेपछि सप्तरी, सिरहा, उदयपुर, सुनसरी तथा छिमेकी मुलुक भारतको विहारबाट समेत बिरामी सेवा लिन आएका छन् ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया