सोमबार, मंसिर २३, २०७६
www.samsararemit.com

पाँच-सात जनालाई जागिर खुवाउनका लागि मात्रै पानीजहाज हैन: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार नेपाल पानीजहाज कार्यालयको उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले एकान्तकुनामा स्थापना गरिएको कार्यालय उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अब केही महिनामै पानीजहाजको टिकट काट्न पाइने दावी गरेका छन् । उनले आफ्ना आलोचकप्रति लक्षित गर्दै भने, ‘केही महिना पर्खनूस्, टिकट नै काट्न पाइन्छ ।’

यो उद्घाटन कार्यक्रम केहीका लागि दुई–चार महिना जिस्काउने माध्यम बन्ने भन्दै व्यंग्य समेत गरेका थिए । ‘तपाईँका साथीभाइलाई पनि ढुक्क सँग भनिदिनूस्,’ ओलीले भने ।

अघिल्लो वर्ष भारत भ्रमण जानुअघि नै पानीजहाजको सम्भावना देखेपछि जलमार्ग र रेलमार्ग बनाउनको लागि प्रस्ताव गरेको प्रधानमन्त्री ओलीले स्मरण गराएका थिए । तर आफ्नो पानीजहाज चलाउने सपनालाई धेरैले हमला गरेको भन्दै ओलीले असन्तुष्टि व्यक्त गरेका थिए । साथै उनले पाँच÷सात जनालाई जागिर खुवाउनको लागि मात्रै पानीजहाज ल्याउन नखोजेको पनि बताएका थिए ।

साथै यस कार्यक्रमसँगै देश एक कदम अगाडि बढिसकेको उनले बताए । प्रधानमन्त्री ओलीले भारतले गण्डक सम्बन्धमा आफ्नो डिपिआर तयार गरिसकेको पनि जानकारी दिएका थिए ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया