मंगलबार, भाद्र ३, २०७६
www.samsararemit.com

काश्मिरको आतंकवादी आक्रमणप्रति प्रधानमन्त्री ओलीद्धारा निन्दा

भारत प्रशासित काश्मिरमा भारतको सरकारी सुरक्षा फौजलाई लक्षित गरी बिहीबार गरिएको आक्रमणमा परी कम्तिमा ४० जना भारतीय सुरक्षाकर्मीको मृत्यु भएको छ । काश्मिरको प्रमुख शहरबाट करिब २० किलोमिटर टाढा पुलवा भन्ने स्थानमा राजमार्गमा गुडिरहेको सैनिक गाडीहरूको समूहलाई लक्षित गरी थापिएको विद्युतीय धरापमा परी ती सुरक्षाकर्मीको मृत्यु भएको भारतीय अधिकारीहरुले बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विहीबार साँझ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेर सो घटनाको निन्दा गरेका थिए । यसैबीच परराष्ट्र मन्त्रालयले पनि वक्तव्य जारी गरी भारतको जम्मु र काश्मिरमा विहीबार भएको आक्रमणमा ठूलो संख्यामा मानिसहरुको ज्यान गएकोमा निन्दा गरेको छ ।

परराष्ट्र मन्त्रालयका तर्फबाट जारी गरिएको वक्तव्यमा मृतकप्रति समवेदना व्यक्त गर्दै घाइतेका परिवारको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ । यसप्रकारको जघन्य अपराध जुनुसुकै रुप र आवरणमा भएपनि नेपाल सरकारले सधैं निन्दा गर्ने परराष्ट्र मन्त्रालयद्वारा जारी वक्तव्यमा जनाइएको छ ।

सो घटनालाई लिएर भारतीय सञ्चार माध्यमहरुले पाकिस्तानप्रति लक्षित गर्दै आरोप लगाएका छन् भने पाकिस्तानले भने छानबिन नगरी केही भन्न नसकिने जनाएको छ । उसले भारतीय सञ्चार माध्यम र सरकारी अधिकारीहरुले लगाएको आरोपलाई अस्वीकार समेत गरेको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया