मंगलबार, असार ३१, २०७६
www.samsararemit.com

काठमाडौंको बानेश्वरबाट ३ थान बन्दुक बरामद

काठमाडौं महानगरपालिका– ३१ नयाँ बानेश्वरबाट प्रहरीले ३ थान बन्दुक बरामद गरेको छ ।

नयाँ बानेश्वर बस्ने फुर्बाकाजी शाक्यको घरबाट भरुवा बन्दुक २ थान र थ्रीनटथ्री राइफल जस्तो देखिने बन्दुक १ थान बरामद भएको हो ।

सोही घरमा डेरा गरी बस्ने व्यक्तिहरूले उक्त बन्दुक घरको कोठामा बेवारिसे अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । महानगरीय प्रहरी वृत्त बानेश्वरको प्रहरी टोलीले उक्त बन्दुक बरामद गरेको हो ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया